Wednesday, February 12, 2025
समाजगठबन्धन इमानदार नभएको एकीकृत समाजवादीको निष्कर्ष, वामपन्थी एकता बारे छलफल गर्ने

गठबन्धन इमानदार नभएको एकीकृत समाजवादीको निष्कर्ष, वामपन्थी एकता बारे छलफल गर्ने

eकाठमाडौं – नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनमा आबद्ध दल इमानदार नभएको निष्कर्ष निकालेको छ ।

शनिबार आयोजित सचिवालय बैठकले आफ्नो पार्टीप्रति गठबन्धनमा आबद्ध दल इमानदार नदेखिएको नेकपा एसको ठहर छ । यस विषयमा पाँच दलीय गठबन्धनको बैठकमा पार्टीले कुरा उठाउने सचिवालय बैठकले गरेको छ ।

नेकपा एसका उम्मेदवारलाई गठबन्धन आबद्ध दलले मत नदिएको निष्कर्ष पार्टीले निकालेको हो । स्थानीय तहमा आफ्नो पार्टीका उम्मेदवारलाई सँगसँगै नहाइटाएको समीक्षा गरेको बैठकले तत्काल वामपन्थी एकताका बारेमा पनि छलफल गर्ने निर्णय गरेको छ ।

बैठकपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा गठबन्धन आबद्ध दलको सहयोग नभएको र यसले गठबन्धनलाई अगाडि बढाउन निर्मम समीक्षा गर्नुपर्ने देखिएको बताए । वामपन्थी एकताका बारेमा जनमत रहे पनि शीर्ष नेताहरू सहमत नहुँदा समस्या भएको उनको भनाइ छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस