Monday, January 13, 2025
समाजआज वर्षकै सबैभन्दा लामो दिन

आज वर्षकै सबैभन्दा लामो दिन

काठमाडौँ- ७ असार २०७९, मंगलबार, २१ जुन २०२२ । असार कृष्णपक्ष अष्टमी, आज विश्व योग दिवस, विश्वसंगीत दिवस हो ।

उत्तरभाद्रपदा नक्षत्र, आयुष्मान योग, बालब करण, चन्द्रमा मीन राशिमा छ । आज १०:२१ देखि १२:०५ बजेसम्मको समय लाभ समय रहेको छ । आज वर्षको सबैभन्दा लामो दिन हो । आज १३ घण्टा ४५ मिनेटको दिन हुनेछ । रातिको समय १० घण्टा १५ मिनेट मात्र हुनेछ । सूर्य दक्षिणायन शुरु हुने दिन हो । सूर्य कंकट राशिमा प्रवेश गर्दछ ।

आजको दिन शुभ मानिन्छ । आजबाट बर्षा ऋतु सुरु भएको मानिन्छ । आज बिहान सूर्योदय ५:०९ मा भएको छ भने सूर्यास्त ७:०३ मा हुनेछ । आजका देवता चन्द्रमा ग्रहदेव केतु हुन् । कार्ययोजना सफल हुनेछ । मंगलबार समय मिलाएर गणेशको प्रार्थना, गणेश मन्दिर यात्रा र हनुमानको दर्शन, हनुमान चालिसा पाठ गर्दा मनमा प्रसन्नता छाउने छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img