राजनीतिबालेनको चुनावी खर्च तीन लाख ९४ हजार

बालेनको चुनावी खर्च तीन लाख ९४ हजार

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् ।

सोमबार सार्वजनिक विवरणअनुसार शाहको चुनावी अभियानमा कूल खर्च तीन लाख ९४ हजार ४८९ उल्लेख छ ।

सार्वजनिक विवरणअनुसार सबैभन्दा धेरै गोष्ठी र कार्यकर्ता परिचालनमा एक लाख १३ पाँच सय खर्च भएको छ । त्यस्तै मतदाता नामावली खरिदमा एक लाख, सवारी साधनमा ९२ हजार, प्रचार सामग्रीमा ९२ हजार ८५ खर्च भएको उल्लेख छ ।

उनले मतगणानामा ढिलाइ हुँदा खर्च बढेको बताएका छन् । मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढी खर्च भएको उनको भनाइ छ ।

खर्च विवरण सार्वजनिक गर्न ढिलाइ भएकोमा समेत उनले माफी मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img