समाजहोस्टेलमा १९ वर्षीय युवती मृत फेला

होस्टेलमा १९ वर्षीय युवती मृत फेला

रोल्पा : रोल्पाको एक होस्टेलमा १९ वर्षीय युवती मृत फेला परेकी छन् । रून्टीगढी गाउँपालिका–५ छिन्नेटाकी कृष्णी कामी मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।

कृष्णी केही समयदेखि घरेलु तथा साना उद्योग कार्यालयले सञ्चालन गरेको ब्युटी पार्लर तालिम लिइरहेकी थिइन् । तालिम लिने कार्यालयको होस्टेल कोठामा उनी मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

युवती मृत फेला परेको कोठामा एउटा सर्प पनि भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनको हातमा सर्पले डसेकोजस्तो घाउ देखिएको पनि उनले बताए । सर्पदंशबाट उनको मृत्यु भएको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img