काठमाडौं : राजनीतिमा होमिएका रवि लामिछाने आफ्नो पार्टीमा सात विशेषता रहने जनाएका छन् ।
मंगलबार आयोजित घोषणा सभामा उनले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ मा सात विशेषता रहने बताएका हुन् । उनले आफ्नो पार्टीमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहित रहने जनाएका छन् । उनले आफूहरूले कहिल्यै चन्दा नलिने घोषणा पनि गरे । स्वयंसेवीबाट आर्थिक सहायता जुटाउने उनले बताए ।
यस्ता छन् सात व्यवस्थाः
- प्राइमेरी निर्वाचन हुने
- युवालाई ५० प्रतिशत एकको व्यवस्था
- प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्ने
- राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था
- डिजिटल डेमोक्रेसीको व्यवस्था गर्ने
- परिवारवादलाई पूर्ण रूपमा निषेध
- भ्रातृसंगठन र कार्यकर्तारहित



