Saturday, September 7, 2024
समाजइटहरी ६ को नेसनल गल्लीबाट मोबाइल चोरी
spot_img

इटहरी ६ को नेसनल गल्लीबाट मोबाइल चोरी

सुनसरी / इटहरी- ६ नेसनल गल्लीमा रहेको एउटा मोबाइल पसलबाट ५० हजार बराबरको मोबाइल चोरी भएको छ ।

नेसनल गल्लीमा रहेको एउटा मोबाइल पसलमा पहिलो दिन चोर जान्छ । मोबाइल हेरि फर्किन्छ र भोलिपल्ट फेरि त्यही पसलमा गएर नजिकैको चलेको संस्थालाई देखाउदै म त्यहाँको डाक्टर हो भन्छन् ।

मलाई यो मोबाइल मन पर्यो यसको बिल बनाएर मोबाइल र बिल अफिसमा ल्याइदिनु पैसा अफिसले दिन्छ भनी चोर बाटोलाग्छ । ब्यापारीले ५० हजारको मोबाइल बिक्रीभो भनी हतार हतार बिल तयार गरि अफिस तर्फ बिल र मोबाइल बोकि लाग्छ ।

चोरले संस्थाको गेटैमा साउजिलाइ भेट्छ र मोबाइल र बिल लिन्छ साउजिलाइ कोहि नभएको कोठामा लगि तपाईं यहीँ बस्दै गर्नुस् । म बिल पासगरेर पैसा यहीँ ल्याइदिन्छु भनी साउजिलाइ त्यहीँ बस्नलगाइ कोठा बाहिर निस्किन्छ र उनी बेपत्ता हुन्छन् ।

-Google Ads-

मोबाइल पसलका साउजीले झन्डै आधा घण्टा कुर्छन् तर चोरी गर्ने पुरूष बेपत्ता भए । सो पसलबाट सामसुम ए थ्री थ्री मोबाइल चोरी भएको छ । चोरी गर्ने व्यक्तिलाइ इलाका प्रहरी कार्यलय इटहरीले खोजी गरिहेको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img