Wednesday, May 14, 2025
राजनीतियोगेश भट्टराईको ११ बुँदे स्टाटस
spot_img

योगेश भट्टराईको ११ बुँदे स्टाटस

spot_img

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले आफ्नो अभिव्यक्तिले नेकपा (एकीकृत समाजवादी)का युवाहरुको मन दुखेको भन्दै उनीहरुको मन दुखाउनु आफ्नो मनशाय नभएको प्रष्टोक्ति दिएका छन्।

भट्टराईले सामाजिक सञ्जालमा ११ ओटा बुँदाहरुसहित आफ्नो मनशाय युवाहरुको चित्त दुखाउनु नरहेको प्रष्टीकरण दिएका छन्। उनले आफूहरुमाथि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बारम्बार भद्दा र अशिष्ट अभिव्यक्ति दिए पनि उनको सम्मानका लागि टिप्पणी नगरेको पनि प्रष्ट पारेका छन्।

पार्टी विभाजनको समयमा उनको विपक्षमा उभिएकाहरुलाई नेपालले पटकपटक दासको संज्ञा दिँदै आएका छन्। सोही विषयमा भट्टराईले आफूहरुमाथि भद्दा टिप्पणी गरे पनि जवाफ नदिएको बताएका हुन्।

भट्टराईले समाजवादीभित्र मन्त्री हेरफेरको विषयमा किचलो बढेपछि नेपाललाई लक्षित गरेर स्वार्थहरुको झुण्डको पछि लागेर आफूहरुलाई नसुनेको परिणाम भएको टिप्पणी गरेका थिए। त्यसपछि अध्यक्ष नेपाल उनीमाथि खनिएका थिए।

भट्टराई र नेपालले एकअर्कामाथि टिप्पणी गरिरहेका बेला एकीकृत समाजवादीनिकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले नेपालकै पछि लागेर त्यो स्थानमा पुगेका भट्टराईको अभिव्यक्तिबारे बोलेका थिए।

जसको जवाफ भट्टराईले ११ बुँदामा दिएका हुन्। उनले माधव नेपाल २०० वर्ष बाँचुन् भन्दै सधैँ नेतृत्वमा रहिरहन पनि भनेका छन्।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img