समाजथप २ सय ६ जनामा संक्रमण पुष्टी

थप २ सय ६ जनामा संक्रमण पुष्टी

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ सय ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार १ सय ७५ जनाको नमूना परीक्षण गरिएको थियो । २ हजार ८२ जनाको पीसीआर र १ हजार ९३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ सय ६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधबार ४५ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ हजार ५ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img