Wednesday, January 15, 2025
समाजज्यालामजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुखले ब'ला'त्कार गरेको आरोप

ज्यालामजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुखले ब’ला’त्कार गरेको आरोप

बैतडी । जिल्लाको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीमाथि ब’लात्का’रको आरोप लागेको छ ।

आरोप लागेका नेगीविरुद्ध जबरजस्तीकरणी मुद्दा दर्ता भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

आफूमाथि जब’रजस्ती क’रणी गरेको भन्दै कैलालीकी एक महिलाले दिएको जाहेरीका आधारमा नेगी विरुद्ध इलाका प्रहरी कार्यालय, पाटनमा जब’रजस्तीक’रणी मुद्दा दर्ता भएको हो ।

पीडित महिलाले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता भएपछि क्याम्पस प्रमुख नेगीलाई पक्राउ गरेर अनुसन्धान गर्ने तयारी भएको प्रहरीले जनाएको छ ।

कैलाली घर भई बैतडीको पुर्चौंडीमा ज्यालामजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले ब’ला’त्कार गरेको आरोप लगाएकी हुन् ।

असार २० गते पानी माग्ने निहुँमा महिलामाथि नेगीले ब’लात्का’र गरेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । पीडित महिलाको बुधबार स्वास्थ्य परीक्षण गरिएको छ । रिपोर्ट आउन बाँकी छ ।

आरोप लागेपछि क्याम्पस प्रमुख नेगीले पदबाट राजीनामा दिएका छन् ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img