Saturday, May 17, 2025
समाजई–स्पोर्टसका लागि छुट्याएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइन :...
spot_img

ई–स्पोर्टसका लागि छुट्याएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइन : बालेन

spot_img

काठमाडौं । आर्थिक बर्ष २०७९र०८० का लागि काठमाडौं महानगरले ई—स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि नभएको प्रमुख बालेन्द्र शाह (बालेन) ले स्पष्ट पारेका छन्।

सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसङ्गका बिषयमा ध्यानाकर्षण भएको छ जनाउँदै प्रमुख शाहले, आधुनिक विश्वमा ई—स्पोर्टस विधा खर्बौँको आर्थिक योगदान गर्ने बिधाका रुपमा रहेको उल्लेख गर्दै नेपालमा यो खेलको व्यवसायिक पाटो बढ्दै गएको बताए।

यही बर्ष हुने एसियाली खेलमा ई–स्पोर्टस पनि समावेश हुनेछ । यस खेलमा योग्य रहेमा नेपाली ई—स्पोर्टसका खेलाडीहरु सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्नेछन् । यसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याइएको हो ।

कानुनले तोकिए बमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुनेछ । फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्ने जस्ता गैरकानुनी र अनैतिक कार्यमा महानगर सामेल हुने छैन । प्रमुख शाहले यस्ता विषयलाई बिषयलाई लिएर अतिरञ्जित नगर्न आग्रह गरेका छन् ।

यस विषयमा आफ्नो नाम जोडिएको प्रसङ्ग उल्लेख गर्दै प्रमुख शाहले भने का छन्, ‘नाम जोडिएका समाचारहरुको खण्डन गर्दै पत्रकारिताको मर्यादाभित्र बसेर आफ्नो कार्य गर्न, गराउन अनुरोध गर्दछु ।’

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img