सुनसरी / भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर- ९ लेखर्क हिलेमा घर भएका ३१ वर्षीय नवराज तिम्सिना दुई वर्षदेखि पत्ता भएका छन् ।
उनको बुवाको नाम गंगा कुमार तिम्सिना हो भने आमाको नाम लोक कुमारी तिम्सिना हो । बेपत्ता भएका व्यक्तिको उचाई ५ फिट ९ इन्च, वर्ण गाेराे, साधारण लेखपढ जान्ने थिए । श्रीमतीले छाेडेर गएपछि केही मानसिक सन्तुलन गुमाएर कामकाे खाेजीमा गएकाे विगत दुई वर्षदेखि सम्पर्क विहिन भएका छन् ।
घरमा विरामी वृद्ध बुवाआमा र स-साना दुई जना छाेरीहरूका पालनपाेषण गर्ने काेही नभएकाेले निजकाे हुलीया र फाेटाे अनुसार फेला पार्नु हुने सम्पर्क गरिदिनु उनको बहिनी खुसि तिम्सिनाले बताएनन् ।
अहिलेसम्म सम्पर्क बिहिन भएकोले घर परिवारमा नआएकोले उहाँलाई कहिँ कतै कसैले भेट्नु भयो भने नजिकैको प्रहरी कार्यालय वा निजको सम्पर्क नम्बर ९८४५८७९१०८ ,९८२४३४६६८९ र ९८४२२७३७७६ अथवा ९८४४८०५३३ मा सम्पर्क गरीदिनुहुन पारीवारीक श्रोतले अनुरोध गरेको छ ।