देशबागमती प्रदेशसर्वोच्च अदालतमा बालेन विरुद्ध मुद्दा

सर्वोच्च अदालतमा बालेन विरुद्ध मुद्दा

काठमाडौँ / काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहविरुद्ध अवहेलना मुद्दा परेको छ । अदालतले मेयर शाहविरूद्ध परेको अपहेलना मुद्दामा लिखित जवाफ मागेको छ।

अधिवक्ता दीपकराज जोशीले शाहमाथि अदालतको अवहेलनाको आरोपमा कारवाही हुनुपर्ने माग राखी निवेदन दिएका थिए । उक्त निवेदनमाथि सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ भएको छ ।

नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतले अन्तरकालीन आदेश दिएको थियो । साहले ‘संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिउँ’ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए ।

त्यसले अदालतको अवहेलना गरेको जोशीको तर्क छ । निवेदनलाई स्वीकारेर अदालतले शाहका नाममा आदेश जारी गरेमा उनले आफू स्वयं उपस्थित भई वा वारेस मार्फत लिखित जवाफ पेश गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img