Friday, April 19, 2024
धर्म/संस्कृतियस्तो छ हरितालिका तीजको धार्मिक महत्व

यस्तो छ हरितालिका तीजको धार्मिक महत्व

शास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय बचन रहेको धर्मशास्त्रमा बताइएको छ ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरि तालिका (तीज) पर्व मंगलबार आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएको भन्ने विश्वासका आधारमा आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने धार्मिक विश्वास रहदै आएको छ ।

“निराहार, जलाहार र फलाहार गरी व्रतका तीन कीसिम छन्, सक्नेले निराहार नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम मानिन्छ । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केराजस्ता फलाहार बस्तु भोजन लिएर पनि व्रत बस्न सकिन्छ ।

तेसो त आजका दिन अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान छ । समग्रमा भन्नु पर्दा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीहरुको मत छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्व छ ।

व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य गरी पाँच किसिमका छन् । तीजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्मशास्त्रीय मान्यता छ । तीजको व्रत हिन्दू मात्रका लागि नभई मानव मात्रका लागि भएको कुरा धर्मशास्त्रीय ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

यो व्रत देवी पार्वतीले शुरु गरेको जनविश्वास छ । शिवलाई पतिको रूपमा प्राप्त गर्नका लागि उनले केही नखाएर गुफामा तपस्या गरेको धार्मिक ग्रन्थमा उल्लेख छ । त्यसैले यस दिन व्रत बस्नेले दिनभर पानी नखाइ व्रत बस्ने गर्छन् । यस कारण पनि हरितालिका तीजको व्रतलाई अत्यन्तै कठिन मानिने भएकाले महिलाहरुको सौभाग्य हुने प्राप्त हुने जनविश्वास रहेको छ । यस दिन माता पार्वतीले शिवलाई प्राप्त गर्न यो व्रत बसेकी थिइन्, त्यसैले हरतालिका तीजको विशेष महत्व रहेको छ ।

तीजको पूजामा महिलाहरूले पूजा सामग्रीको विशेष ख्याल गर्नुपर्छ । सुख्खा नरिवल, कलश, बेलपत्र, शमी पात, केरा, धतुरा फल, घिउ, मह, गुलाल, चन्दन, मञ्जरी, कलव, अत्तर, पाँच फलफूल, सुपारी, अक्षत, धूप, दीप, आक फूल, कपूर, कुमकुम अर्पण गर्नु पर्ने हुन्छ ।

प्रकाशित मिति :

इन्फो नेपाल संवाददाता
इन्फो नेपाल संवाददाताhttps://infonepalonline.com
इन्फो नेपाल अनलाईन डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । इन्फो नेपालमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई infonepalonline@gmail.com वा news@infonepalonline.com.np मा पठाउनु होला । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

Advertisement
 

सिफारिस

यो साता चर्चामा

यो पनि पढौँ

मकवानपुर| काठमाडौंको भिडभाडमुक्त केन्द्रबाट करिब ७४ किमी पर पर्छ मकवानपुर जिल्ला। मकवानपुरलाई प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा र सहज जीवनशैलीको थलो भनेर चिनिन्छ।कृष्ण...
न्युजकारखाना | मधेशको वन क्षेत्रमा जताततै डढेलो लागेको छ । डढेलोबाट मधेश प्रदेशका स–साना बिरुवा नष्ट हुन थालेका छन् भने पूर्वपश्चिम राजमार्गमा समेत डढेलोका...
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो नाममा फेक धितो ऋण खाता खोलेर ऋण प्रवाह भएको देखाइएको प्रतिक्रिया दिएका छन् ।मंगलबार साँझ सामाजिक...