Saturday, June 14, 2025
समाजतीनतल्ला घरबाट खसेर बालकको मृत्यु

तीनतल्ला घरबाट खसेर बालकको मृत्यु

spot_img

जनकपुरधाम : तीन तल्लामाथि खेलिरहेको अवस्थामा त्यहाँबाट खसेर एक वर्षीय बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा मिथिला नगरपालिका ६ ढल्केवर बस्ने रामकुमार सिंहका १ वर्षीया छोरा आरभु कुमार रहेको छ।

-Ads-

सोमबार साँझको समयमा घरमाथि खेल्दै गरेका बालक रेलिङ्गबाट बाहिरएपछि खसेर गम्भीर घाइते भएका थिए। घाइतेभएपछि उपचारकोलागी प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याएपनि उपचारकै क्रममा बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए।

मृतक बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमै राखिएको र घटना विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img