राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमाथि प्रहरीले अनुसन्धान थालेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौं टेकुको टोलीले लामिछानेको नागरिकतामाथि छानबिन सुरु गरेको हो।
विदेशी नागरिकता लिएपछि फेरि नेपाली नागरिकता लिनको लागि विदेशी नागरिकता त्याग्नु पर्ने प्रावधान छ। तर, लामिछानेले अमेरिकी नागरिकता लिएको र पछि अमेरिकी नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता लिन प्रशासनमा निवेदन दिनु पर्नेमा त्यसो नगरेको भन्दै उजुरी परेको थियो।
रद्द भएको नागरिकताकै आधारमा पार्टी दर्ता गरेको, चुनाव समेत लडेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको थियो। आयोगले भने कारबाहीका लागि योग्य नदेखिएको भन्दै प्रक्रिया अगाडि बढाएको थिएन।
त्यसपछि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यलयमा उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले छानबिन गरेर त्रुटी देखिए कारबाही गर्न भन्दै प्रहरीलाई पत्राचार गरेको थियो।
प्रशासनबाट छानबिन गर्न भन्दै पत्राचार भएपछि प्रहरीले छानबिन अघि बढाएको हो।