Saturday, May 24, 2025
विज्ञान/प्रविधिमानिसको दिमागमा कम्प्युटर चिप परीक्षण गर्दै एलन मस्क
spot_img

मानिसको दिमागमा कम्प्युटर चिप परीक्षण गर्दै एलन मस्क

spot_img

एजेन्सी- मस्क फाउन्डेसनका अध्यक्ष एवम् न्युरालिंकका सह-संस्थापक एलन मस्कले आगामी ६ महिनाभित्र मानव मस्तिष्कमा कम्प्युटर चिप परीक्षण गर्ने घोषणा गरेका छन्।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार मस्कले बुधबार न्युरालिंकद्वारा आयोजित एक प्रस्तुतिमा मानिसको दिमागमा ६ महिनाभित्र कम्प्युटर चिप हालेर परीक्षण सुरू हुने बताएका हुन्।

सन् २०१६ मा सञ्चालित न्युरालिंक एक हेल्थ (स्वास्थसम्बन्धी) टेक कम्पनी हो। मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण गर्नु यसको मुख्य उद्देश्य हो।

मस्कले भनेको चिप न्युरालिंकले नै विकास गरेको हो। बुधबारको कार्यक्रममा मस्कले आफ्नो कम्पनीद्वारा तयार पारिएको वायरलेस ब्रेन चिप (कुनै पनि तारबिनाको मस्तिष्कमा राख्न तयार पारिएको चिप) बारे जानकारीहरू बताए। साथै, उनले एउटा चिप आफ्नो दिमागमा पनि राख्ने बताएका छन्।

‘मानिसको दिमागमा यो चिप राख्नुअघि यसले राम्रोसँग काम गर्छ भन्नेमा हामीले सुनिश्तित गर्न आवश्यक छ,’ मस्कले भने।

न्युरालिंकका अनुसार कम्पनीले यस्तो मस्तिष्क चिप तयार पार्दैछ जसको प्रयोगमा आँखा नदेख्ने व्यक्तिले आँखा देख्न सक्नेछन्। त्यस्तै, शरीरको कुनै भागहरू नचलेको व्यक्तिले सो भाग चलाउन सक्नेछन्। चिपमार्फत कुनै पनि व्यक्तिको दिमाग कम्प्युटरसँग जोडिन्छ। र, यसलाई कम्प्युटर वा मोबाइल फोनबाट कन्ट्रोल गर्न सकिन्छ।

हालसम्म कम्पनीले उक्त चिप बिक्रीको लागि खाद्य तथा औषधि प्रशासन (एफडिए) बाट स्वीकृति पाएको छैन। तर मस्कका अनुसार कम्पनीले एफडिएमा स्वीकृतिको लागि आवश्यक कागजातहरू प्रस्तुत गरिसकेको छ।

न्युरालिंकले हाल चिपको परीक्षण जनावरहरूमा गरिरहेको छ। केही समय अघि यसले बाँदर र सुँगुरको दिमागमा चिप प्रत्यारोपण गरेर परीक्षण गरेको थियो। सो समयका केही भिडिओहरू सामाजिक सञ्चालमा भाइरल समेत भएका थिए।

 

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img