समाजमोटरसाइकल दुर्घटनामा शिक्षकको मृत्यु

मोटरसाइकल दुर्घटनामा शिक्षकको मृत्यु

सिन्धुपाल्चोकको चौतारा साँगचोकगढी नगरपालिका–६ ब्याङचेपानीमा मोटरसाइकल दुर्घटना हुँदा एक शिक्षकको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय चौताराका अनुसार मूलखर्कको आदर्श आधारभूत विद्यालयकी २४ वर्षीया शिक्षक अनिता तितुङ उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।

सदरमुकाम चौताराबाट–स्याउले जाँदै गरेको बा प्र–२–०७०–७५५५ नम्बरको मोटरसाइकल दुर्घटनामा दुईजना घाइते भएका थिए । 

मोटरसाइकल चालक चौतारा साँगचोकगढी नगरपालिका–५ का २६ वर्षीय अनिल तामाङको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img