समाजनेपालमा पनि बढे संक्रमित

नेपालमा पनि बढे संक्रमित

काठमाडौं । नेपालमा पनि कोरोना संक्रमित बढेका छन् ।

पछिल्ला केही दिन एक दुई जनाको संख्यामा मात्र देखिँदै आएकामा आज एकैदिन ८ जनामा कोरोना संक्रमण देखिएको छ । सबै पीसीआर परीक्षणबाट संक्रमित पाइएका हुन् । 

योसँगै सक्रिय संक्रमित बढेर १६ पुगेका छन् । आज दुई जना संक्रमणमुक्त भएका छन् । विश्वभर नयाँ भेरियन्टको भाइरसले तीव्र गतिमा संक्रमण फैलिरहँदा नेपालमा पनि यो भेरियन्ट छिर्न सक्ने देखिएको छ । 

चीनमा एकैदिन दशलाख भन्दा बढी संक्रमित पाइएका छन् । भारतमा पनि संक्रमण दर बढ्दो छ । जसका कारण नेपालमा पनि यो भेरियन्ट फैलिएमा फेरि कोरोना नियन्त्रणभन्दा बाहिर जाने अनुमान गरिएको छ ।

यद्यपि सरकारले यसमा कुनै चासो देखाएको पाइएको छैन । पछिल्लो समय खोप लगाउनेको संख्यामा भने वृद्धि हुँदै गएको छ । पछिल्लो २४ घण्टामा थप १४ हजार ४०७ जनाले खोप लगाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img