सुनसरी / इटहरी उपमहानगरपालिकाका २० वटै वडाहरूमा भोलि बुधबार एक दिनका लागि शोक विदा हुने भएको छ ।
उपमहानगरपालिकाको कार्यालय रहेको जग्गाका दाताहरू रामजीप्रसाद चौधरी र मानपुर चौधरीका सन्तान खेमनारायण चौधरीको आज मंगलबार निधन भएकाले भोलि बुधबार एक दिनका लागि शोक विदा दिइएको हो ।
नगर कार्यपालिकाको कार्यालय अन्तर्गतका कार्यालयहरूबाट उपलब्ध हुने सबै सेवा बन्द रहने भएको छ । नगर प्रमुख हेमकर्ण पौडेलद्वारा जारी विज्ञप्ति अनुसार एकदिनका लागि शोक विदा दिइएको हो ।




