मनोरञ्जनमिस पबि र सागर ढकाल प्रेममा छन् ? (भिडियो)

मिस पबि र सागर ढकाल प्रेममा छन् ? (भिडियो)

काठमाडौं- गायक सुनिल गिरीको जुम्ला बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गायक गिरीको । भिडियो प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर शाही र डडेलधुराबाट प्रतिनिधिसभा उम्मेदवार बनेका सागर ढकालले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा मिस पवी र सागर ढकालको प्रेमबारे चर्चा भएको थियो र मिस पवीले त्यसको खण्डन गर्दै केही नभएको स्पष्ट पारिन् । साथै, मिस पाबीले कालो रूपमा आएका चीजहरूलाई अस्वीकार गरिन ।

आफूलाई हेर्ने व्यक्तिमा भर पर्छ, म त्यस्तो कालो होइन, मेकअपका कारण कालो देखिन्छु,’ उनले भनिन् । हरेक पटक नयाँ र आकर्षक ठाउँमा पुगेर नयाँपनका साथ म्युजिक भिडियो ल्याउने गायक गिरी यसपटक जुम्ला पुगेर छायांकन गरिएको भिडियोमा टिकटक स्टार मिस पवी र रोशन केसीको अभिनय देख्न सकिन्छ ।

भिडियोमा जुम्लाको स्थानीय जीवनशैली, पहिरन र अब प्रेमी जोडीको रमाइलो प्रेमकथालाई कलात्मक शैलीमा देखाइएको छ । अमन निलसागर र गायक गिरीको शब्द रहेको गीतमा विवेक विकले छायांकन गरेको छ भने भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् ।

शिशिर खातीले निर्देशन गरेको भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै सांसद शाहीले गायिका गिरी र उनको टोलीको प्रशंसा गरेका थिए । जुम्ला भिडियोले नेपालको सुदूरसम्मको सौन्दर्य वर्णन गरेको उनले बताए ।

त्यसैगरी म्युजिक भिडियोमा जुम्लालाई देख्दा आफू खुसी भएको ढकालले बताए । त्यस्तै सरसफाई अभियन्ता केपी खनालले जुम्ला गीतमा देश र भेष रहेको बताए । उनले भिडियोमा नमुना गाउँ देखाएकोमा जुम्ला टोलीको खुलेर प्रशंसा गरे ।

पुरा भिडियोमा..

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img