काठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ मा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।
रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुर्साने जाँदै गरेको श्रीनगर यातायात समितिको बस नं ग १ ख ४९७७ राति १० बजेतिर धार्तिगैरा भन्ने ठाउँमा पल्टिएको थियो ।
उद्धारमा खटिएका प्रहरी निरीक्षक श्रीराम भट्टले ६ जनाको घटनास्थलमै मृत्यु भएको र १५ जना घाइतेलाई प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि पठाइएको जानकारी दिए ।
भट्टका अनुसार मृतक सबै महिला रहेका छन् । बसमा २१ जना सवार रहेको बताइएको छ । घाइते सबैको अवस्था सामान्य रहेको भट्टले जानकारी दिए ।
दुर्घटनास्थल सत्यवती-सालझण्डी-सन्धिखर्क सडक सडक अन्तर्गत पर्छ ।