जनकपुरधाम । लामो समयदेखि चलेको शीतलहरका कारण मधेस प्रदेशको जनजीवन कष्टकर बनेको छ ।
दिनभरजसो घाम नलाग्ने हुँदा धेरैजसो क्षेत्रमा अधिकतम तापक्रम निकै घटेको छ । जाडोका कारण धनुषामा अहिलेसम्म एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खडकाका अनुसार धनुषाको जनक नन्दिनी गाउँपालिका वडा नं. १ मा स्थानीय मनोज यादबको खेतको पूर्व डिलमा शब फेला परेको छ ।
पोस्टमार्टमका क्रममा चिसोका कारण मृत्यु भएको उनले बताए । जाडोका कारण विद्यालयमा बिदा दिइएको र बजारमा चहलपहल घटेको छ । चिसोका कारण धनुषामा भाइरल इन्फेक्सन, ज्वरो, निमोनिया, चिसोका समस्या बढी हुने चिकित्सकहरू बताउँछन् ।