Monday, January 13, 2025
समाजमनकामना केबलकार आजदेखि सञ्चालनमा

मनकामना केबलकार आजदेखि सञ्चालनमा

गोरखा- प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर पुग्ने मनकामना केबुलकार आजदेखि सञ्चालनमा आएको छ । विद्युत आपूर्तिमा समस्या आएपछि बन्द भएको केबलकार प्यानल बोर्डमा क्षति पुगेपछि ११ दिनपछि नियमित सञ्चालनमा आएको छ ।

केबुलकार उत्पादन गर्ने अष्ट्रियाको डोप्पेलमेयर कम्पनीबाट सामान ल्याएपछि केबुलकार मर्मत गरी सञ्चालनमा ल्याइएको सञ्चालक राजेशबाबु श्रेष्ठले जानकारी दिए । हिजो राति मर्मतको काम सकिएपछि आज बिहानदेखि केबुलकार सञ्चालनमा ल्याइएको उनले बताए । विद्युत आपूर्तिमा अवरोध आएपछि बिग्रिएको केबलकारको प्यानल बोर्ड परिवर्तन गर्नुपर्ने श्रेष्ठले बताए ।

स्टेसन म्यानेजर उज्ज्वल शेरचनले उपकरण जडान र परीक्षणपछि केबलकार नियमित सञ्चालनमा रहेको बताए । प्यानल बोर्डमा पुस ११ गते आगलागी भएपछि मनकामना केबुलकार गत पुस १२ गते मंगलबारदेखि पूर्णरुपमा बन्द भएको थियो ।११ दिनदेखि बन्द रहेको केबुलकार सञ्चालनमा आएसँगै दर्शन गर्न जाने भक्तजनको भीड लागेको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img