Monday, January 13, 2025
विज्ञान/प्रविधिट्विटर ह्याक हुदाँ २० करोड प्रयोगकर्ताको इमेल लिक

ट्विटर ह्याक हुदाँ २० करोड प्रयोगकर्ताको इमेल लिक

काठमाडौं। माइक्रोब्लगिङ जायन्ट ट्विटरले सामना गरेको अर्काे ह्याकिङको घटनामा २० करोड भन्दा बढी प्रयोगकर्ताको इमेल लिक गरी अनलाइन ह्याकिङ फोरममा पोस्ट गरेको पाइएको छ।

इजरायली साइबर सेक्युरिटी मोनिटरिङ फर्म हडसन रकका सह संस्थापक एलोन गलले आफ्नो लींकडइनमा यो आफूले देखेको सबैभन्दा महत्त्वपूर्ण लिक मध्ये एक भएको भन्दै यसबारे जानकारी दिएको रोयटर्सले उल्लेख गरेको छ।

गलले यो डेटा ब्रिचले दुर्भाग्यवश धेरै ह्याकिङ, लक्षित फिसिङ र डक्सिङको नेतृत्व गर्ने समेत बताएका छन्।

ह्याकर फोरमको स्क्रिनसट जहाँ डाटा पोस्ट गरिएको थियो बुधबार अनलाइन प्रकाशित गरिएको थियो। यो ह्याक कसले गर्यो भन्ने बारे हाल कुनै जानकारी छैन।

इजरायली साइबर सुरक्षा फर्म हडसन रक द्वारा रिपोर्ट गरिएको यो दोस्रो डाटा उल्लंघन हो।

यस अनुसार डिसेम्बरको अन्त्यमा पनि झण्डै ४० करोड खाता ह्याक गरी सम्बन्धित इमेल ठेगाना र फोन नम्बर सार्वजनिक गरिएको थियो ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img