Thursday, January 23, 2025
समाजचुनावी खर्च उठाउन सबै एकजुट भए - चित्रबहादुरको केसी

चुनावी खर्च उठाउन सबै एकजुट भए – चित्रबहादुरको केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दलहरु चुनावी खर्च जुटाउन सबै एकजुट भएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि समर्थन गरेपछि अध्यक्ष केसीले सो आरोप लगाएका हुन् । आज (मंगलबार) संसद्मा सम्बोधन गर्दै उनले चुनावमा बोरामा लगेर खर्च गरेको पैसा सत्तामा गएर दुरुपयोग गरेर उठाउने नीति दलहरूले लिएको गम्भीर आरोप लगाए ।

उनले संसदीय व्यवस्थामा प्रतिपक्ष हुनुपर्ने बताए । उनले भने, ‘मैले बुझेको संसदीय व्यवस्थामा प्रतिपक्ष हुन्छ । आज त विचित्र भयो । सबैले सरकारलाई समर्थन गर्ने भनेपछि यहाँभन्दा हाइसञ्चो सत्तापक्षलाई के होला ? यो कुन किसिमको समर्थन हो मैले बुझ्न सकेको छैन ।’

प्रतिपक्षले पनि समर्थन गरेपछि संसदमा सत्तापक्षको स्वर ठूलो भएको नेता केसीले टिप्पणी गरे । उनले भने, ‘संविधानमा व्यवस्था नै नभएको संसद विघटन गर्न पाउनुपर्छ यो प्रजातान्त्रिक हक अधिकारी हो भन्दा मलाई अप्ठ्यारो पर्‍यो । मैले बुझेको संसदमा बलियो प्रतिपक्ष हुन्छ । त्यसो नभएर सरकार निरंकुश हुन्छ ।’

सबै दल सरकारमा सहभागी भएर विगतमा भएका गल्ती कमजोरीलाई ढाक्ने र त्यहीमाथि लडेर एउटालाई पन्छाएर अर्को सरकारमा आउने खेल चलिरहेको पनि उनको भनाइ थियो ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस

spot_img