काठमडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई जाल हान्न खोजेका भए त्यो सफल नहुने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिनेसम्बन्धी छलफलका क्रममा ओलीले असल नियतका साथ सरकारलाई समर्थन गरेको भए ‘धन्यवाद’ भने ।
“कांग्रेसले सदाशयका साथ प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भए धन्यवाद । तर, जाल बिछ्याउन खोजेको भए त्यो खेर जान्छ । पानी नभएको खोलामा जाल फ्याँकेजस्तै हुन्छ,” ओलीले भने, “माछा पर्ला भनेर ढोल थापेको भए माछा अन्तै जान्छ, त्यो भ्रम नपाल्दा हुन्छ ।”