Sunday, April 20, 2025
समाजझन्डै ३५ हजार मतले लामिछानेसँग पराजित भएका श्रेष्ठले गरे आफूलाई विजयी घाेषणा...
spot_img

झन्डै ३५ हजार मतले लामिछानेसँग पराजित भएका श्रेष्ठले गरे आफूलाई विजयी घाेषणा गर्न माग

काठमाण्डाै – नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । आज आइतवार आयाेगमा पुगेर नेता श्रेष्ठले निवेदन दिएका हुन् ।

चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका उनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग झन्डै ३५ हजार मतान्तरले पराजित भएका थिय । सभापति लामिछानेको नागरिकता विवादका कारण सांसद पद गएपछि नेता श्रेष्ठ चुनावमा दोस्रो भएकाले आफू स्वतः विजेता घोषणा हुनुपर्ने मागसहित निर्वाचन आयोग पुगेका हुन् ।

नेता श्रेष्ठले निवेदन दिइसकेपछि सञ्चारकर्मीसँग बोल्दै निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कानुनले पद रिक्त रहेको अवस्थामा उपचुनावबाट नै पदपूर्ति गर्ने व्यवस्था गरेको बताए । उनले उपचुनावबाहेकको पदपूर्तिका बारेमा कानुनले परिकल्पना नगरेको स्पष्ट पारे ।

सहायक प्रवक्ता अर्यालले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा संवैधानिक इजलासमा नै योग्यताको प्रश्न उठेका कारण रहेको भन्दै उपचुनावकाे माध्यमबाट सांसदको पदपूर्ति हुने बताए ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img