Sunday, April 20, 2025
समाजरविका समर्थकले जलाए कान्तिपुर पत्रिका
spot_img

रविका समर्थकले जलाए कान्तिपुर पत्रिका

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेका समर्थकहरूले साेमबार कैलालीमा कान्तिपुर दैनिक पत्रिका जलाएका छन्।

कैलालीकाे घोडाघोडी नगरपालिकास्थित सुखड बजारमा आज बिहान केही युवाहरूले कान्तिपुरकाे विराेध स्वरुप पत्रिका जलाएका हुन्।

कान्तिपुरले लामिछानेविरुद्ध समाचार लेख्दै आएको भन्दै उनीहरूले साे पत्रिका जलाएकाे बताएका छन्। आइतबार पत्रकार सम्मेलनमार्फत लामिछानेले नेपाली मिडियामाथि असन्तुष्टि जनाएका थिए।

मिडियाले आफूमाथि गलत भूमिका खेलेको दाबी गर्दै रविले मिडिया र त्यसका सम्पादकहरूकाे नामै किटान गरी त्यसको विरोध गरेका थिए। उनले केही मिडियाको विरोध गरेकै कारण उनका समर्थकले पत्रिका जलाएका हुन्। यद्यपि, आज कैलालीमा जलाइएकाे पत्रिका कान्तिपुरद्वारा प्रकाशित आजकाे संस्करण भने हाेइन।

कान्तिपुरले आजकाे संस्करणमा ‘रविले देखाए वास्तविक छवि’ हेढलाइनमा समाचार लेखेकाे छ। जसमा मिडियाले रविलाई गरेका सबै प्रश्नहरू राख्दै ती प्रश्न तथ्यपरक भएकाे जनाएकाे छ।यता, नेपाल पत्रकार महासङ्घ कैलालीले पत्रिका जलाएको प्रति आपत्ति जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img