Saturday, March 22, 2025
समाजप्राविधिकको लागि हेटौडा ७ उत्कृष्ट, सात दिनमा ९ लाख ७९ हजार पीपीआर...

प्राविधिकको लागि हेटौडा ७ उत्कृष्ट, सात दिनमा ९ लाख ७९ हजार पीपीआर विरुद्धका खोप लगाइयो

मकवानपुर । बागमती प्रदेशको कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले प्रदेशका १३ वटै जिल्लामा सञ्चालन गरेको पीपीआर रोग विरुद्धको सप्ताहव्यापी खोप अभियान पुरा भएको छ ।

सात दिनमा प्रदेशका ६ हजार ७५ वटा भेडा र ९ लाख ७३ हजार १२७ वटा बाख्रालाई गरि जम्मा ९ लाख ७९ हजार २ सय २ वटा भेडाबाख्रालाई उक्त खोप लगाइएको कृषि तथा पशुपन्छी विकास मन्त्री केशवप्रसाद पोखरेलले जानकारी दिए ।

खोप कार्यक्रम ४ सय २५ जना भ्याक्सिनेटर र १ हजार २ सय ४४ खोप केन्द्रबाट सञ्चालन भएको पोखरेलले बताए ।अभियान बाहेक अन्य समयमा समेत मन्त्रालयले भेडाबाख्रालाई उक्त खोप लगाउदै आएको छ ।

प्राविधिकको नजरमा वाड नम्बर ७ उत्कृष्ट

हेटौडा उपमहानगरपालिका वाड नम्बर ७ ले पशु प्राविधिकहरुलाई सहज बनाएको छ ।

वाड अध्यक्ष दामोदर गौतमको प्रत्यक्ष निगरानीमा खोप कार्यक्रम संचालन भएको थियो भने वाडले प्राविधिकहरुलाई खाजा, खाना र यातायातको लागि पेट्रोलको समेत ब्यबस्था गरेको पशु प्राबिधिक लक्क्षमन् चौधरीले जनाकारी दिए ।

७ नम्बर वाडमा २५ सय बाख्रालाई पीपीआर रोग विरुद्धका खोप लगाईएको जनाएको छ । निगरानीमा वाडसदस्यहरु पनि उपस्थित थिए ।

पीपीआर भेडाबाख्रामा विषाणुबाट लाग्ने संक्रामक रोग हो । यसलाई भेडाबाख्राको हैजा पनि भनिन्छ । नेपालमा पीपीआर रोगका कारण बर्सेनि भेडाबाख्रा मरेर कृषकहरूले ठूलो आर्थिक हानि बेहोर्नुपरेको छ । यस्तो अवस्था आउन नदिनका लागि खोप अभियान सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ ।

अफ्रिकी देशबाट सुरु भएको यो रोग नेपालमा पनि सबैजसो जिल्लामा देखापरेको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img