Tuesday, September 10, 2024
समाजहेटौंडा–काठमाण्डौं ओहोर दोहोर गर्ने कान्ति लोकपथ आजबाट २३ दिनका लागि बन्द
spot_img

हेटौंडा–काठमाण्डौं ओहोर दोहोर गर्ने कान्ति लोकपथ आजबाट २३ दिनका लागि बन्द

मकवानपुर । हेटौंडा–काठमाण्डौं ओहोर दोहोर गर्ने कान्ति लोकपथ आज देखी २३ दिनका लागि बन्द भएको छ । हेटौँडा हुँदै ललितपुर जोड्ने कान्ति लोकपथ मर्मत सम्भारको लागि बन्द हुनेभएको हो । आगामी चैत १० गतेसम्म कान्ति लोकपथको दुईतर्फी आवागमन बन्द हुनेभएको हो ।

कान्ति लोकपथ मर्मतका लागि फागुन १८ गतेदेखि आगामी चैत १० गतेसम्मको समय निर्धारण गरेको छ । मकवानपुरको ठिङ्गन नजिक रहेको बागमती पुलबाट ललितपुरतर्फ सडक मर्मत एवं कालोपत्रेका लागि कान्ति लोकपथ बन्द गरिएको जनाइएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा गत सोमबार बसेको बैठकले आज देखि कान्ति लोकपथको दुईतर्फी बन्द गर्ने निर्णय गरेको हो । आज देखि लागू हुनेगरी कान्ति लोकपथमा दुईतर्फी सवारी साधनको आवागमन पूर्णरूपले बन्दगरी हेटौँडा–काठमाडौँ चल्ने सुमोलगायतका साना सवारी साधनका व्यवसायीलाई सिस्नेरी र चित्लाङ सडकमा एकतर्फी सवारी सञ्चालनको व्यवस्था मिलाउनेगरी निर्णय गरिएको छ ।

हेटौँडाबाट काठमाडौँ जान हेटौंडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली रूट हुँदै एकतर्फी र काठमाडौँबाट हेटौँडा आउन थानकोट–चित्लाङ–मार्खु–कुलेखानी–भीमफेदी रूट हुँदै एकतर्फी यातायात सेवा सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img