देशमधेस प्रदेशवडाध्यक्षले दान गरे दुई करोड बराबरको जग्गा

वडाध्यक्षले दान गरे दुई करोड बराबरको जग्गा

गोलबजार – सिरहाको लहान नगरपालिका–८ का वडाध्यक्ष श्याम साहले रु दुई करोड मूल्य बराबरको दुई कठ्ठा जग्गादान गरेको छ । उनले सोनार समाजको अतिथि सदन निर्माणका लागि लहान –७ स्थित टाउनप्लानिङ्गमा रहेको जग्गादान गरेका हुन् ।

सोनार समाजद्वारा आयोजित होली मिलन कार्यक्रममा जग्गादाता वडाध्यक्ष साह र उहाँकी आमा फुलोदेवीलाई सम्मान गरिएको छ । वडाध्यक्ष साहले सोनार सेवा सदन समितिको नाममा उक्त जग्गा पास गरेको समाजका जिल्ला अध्यक्ष जयप्रकाश साहले बताए ।

‘‘आफ्नो सुमदायको विकासका लागि जग्गादान गरेको छु”, वडाध्यक्ष साहले भने , “अब भवन निर्माणमा पनि सहयोग गर्नेछु ।’’ विपन्नका परिवारलाई आर्थिक उपार्जन र रोजगारी दिनका लागि पनि समाजले सहयोग गरिराखेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img