मकवानपुर: हेटौंडामा चर्को बैंक ब्याजदरको बिरुद्धमा बिरोध प्रदशन भएको छ । उद्योग बाणिज्य संघ मकवानपुले बिभिन्न मागसहित ब्यवसायी प्रति सरकारको विभेद तथा वित्तीय संस्थाको आतंक बिरुद्ध बिरोध प्रदशन तथा ध्यानकर्षण कार्यक्रम गरेको हो ।
बुधबार हेटौंडाको बुद्ध चोकमा बिभिन्न उद्योग व्यावसायिहरुको उपस्थितमा बिरोध प्रदशन भएको थियो । उनीहरुले आत्मह’त्याको वातावरण बन्द गरौ, ब्यबसायीले आत्मह’त्या गर्ने दिन नआओस, बैंकले सानाठूला व्यावसायिलाई समान ब्यावहार गर, कस्तो अस्थिर ब्याज दर ? एक बर्षमै डबल लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
माग पुरा नभए आन्दोलनमा उत्रिने उनीहरुको भनाई थियो । कार्यक्रममा एक ब्यबसायीले भन्छन “बैंकले नाफा कमाएकोमा हामीले बिरोध गरेका छैनौ, हामीले पनि काम गर्न सक्ने आवस्था सिर्जना गरिदिनु पर्यो, सरकारले यसलाई नियमन गर्न पर्यो, हामीले अहिले सम्म आन्दोलन गरेका छैनौ यसलाई आन्दोलन नभनिदिनुस, यो अहिले हाम्रो भनेक ध्यानकर्षण हो, यसलाई राज्यले ध्यान दिएन भने हामी आन्दोलनमा उत्रिएउ भने देशलाई ठप्प पार्न सक्छौ” ।
मकवानपुर उद्योग वाणिज्य संघले ७ दिन विरोध प्रदर्शन कार्यक्रमको तय गरेको हो । विरोध प्रदर्शनको पहिलो दिन आइतबार पल्पसा सदनमा भेला भएर कालो व्यानर र विरोध कार्यक्रमको पत्रसहित बैंक तथा वित्तीय संस्थाहरुमा ज्ञापनपत्र वुझाएका थिए । दोस्रो दिन फागुन २४ गते दिउँसो १ बजे बुद्धचोकमा बागमती प्रदेशस्तरीय २८ वटा जिल्ला नगर उद्योग वाणिज्य संघहरुको सहभागितामा व्यानर सहितको शान्तिपूर्ण धर्ना गरेका छन् । कार्यक्रममा बैंकिङ ब्याजदर १ अंकमा कार्यम गर्नुपर्ने माग गरिएको थियो ।
त्यस्तै उनीहरुले संकटग्रस्त व्यावसायिको पहिचान गरी आर्थिक राहात प्याकेजको समेत माग गरेका थिए । उनीहरुको विभिन्न् माग पुरा गराउन तेस्रो दिन फागुन २५ गते बैंकहरुमा विहान ११ बजेदेखि १२ बजेसम्म १ घण्टा धर्ना कार्यक्रम गर्ने बताएका छन् । चौथो दिन फागुन २६ गते बैंकहरुमा विहान ११ बजेदेखि १ बजेसम्म २ घण्टा धर्ना बस्ने, पाँचौ दिन फागुन २८ गते बैंकहरुमा डिपोजिट कार्य बन्द गराउने, छैठौँ दिन फागुन ३० गते शान्तिपूर्ण रुपमा बैंक बन्द गराउने र अन्तिम दिन फागुन २९ गते सम्पूर्ण बैंकिङ कारोबार बन्द गराउने मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।