मकवानपुर: मकवानपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मकवानपुरको बागमती गाउँपालिका–८, साततलेमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान ४ बजेको समयमा मोटरसाइकलको ठक्करबाट घाइते भएका स्याङतानलाई हेटौंडा अस्पतालमा उपचारका लागि ल्याएपछी डाक्टरले मृत घोषणा गरेका थिए । हेटौडा–फापरबारी सडकखण्डमा फापरबारीबाट हेटौडा तर्फ जादै गरेको बा २५ प १९०८ नम्बरको मोटरसाइकलले पैदल यात्री बकैया गाउँपालिका वडा नम्बर–८ खजुरीदमार बस्ने ५० वर्षिय दिल बहादुर स्याङतानलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक फरार रहेपनि मोटरसाइकल भने प्रहरीको नियन्त्रणमा रहेको छ ।



