काठमाडौं: आज मधेश प्रदेश र कर्णाली प्रदेशमा सार्बजनिक बिदा छ । भगवान् रामको जन्मोत्सव अर्थात रामनवमीको अवसरमा मधेस र कर्णाली प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
मदेश पदेश सरकारद्वारा प्रकाशित राजपत्र अनुसार चैत्र १६ गते बिहीबार प्रदेशभर सार्वजनिक विदा दिइएको छ । त्यस्तै कर्णाली पदेश सरकारले भने आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को २०७८ चैत १९ गतेको निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ ।
रामनवमी जनकपुरधामसहित देशैभर धुमधामका साथ मनाइन्छ । अघिल्लो वर्ष रामनवमीको अवसरमा केन्द्रीय सरकारले पनि सार्वजनिक विदा दिएको थियो । तर, यसवर्ष हालसम्म सरकारले विदा दिने निर्णय भएको छैन ।



