Sunday, January 19, 2025
समाजयो देश बनाउनको लागि १०० दिन पर्याप्त छ : रवि लामिछाने

यो देश बनाउनको लागि १०० दिन पर्याप्त छ : रवि लामिछाने

काठमाडौं: रास्वपाका सभापति एवम् चितवन-२ का उपनिर्वाचनका उम्मेदवार रवि लामिछानेले आगामी पाँच वर्ष देश र जनताको लागि महत्वपूर्ण भएको भन्दै जनताको लागि काम गर्ने बताएका छन् । उनले सत्तामा गएपछि एक एक दिनको हिसाब जनतालाई बुझाउने दाबी गरे ।

चुनावी अभियानको क्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अघिल्लो निर्वाचनमा ८ केजी घटेको उल्ल्लेख गर्दै यसवर्ष पूरै घटेर हाड र छालामात्रै भएपनि हुने बताए । तर, देशको लागि काम गर्न आफूहरु चुनावी मैदानमा उत्रिएको लामिछानेको भनाई छ ।

उनले यो देश बनाउनको लागि एक सय दिन पर्याप्त रहेको पनि दाबी गरे । उनले आफूहरुलाई १०० दिनको समय दिनपनि प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । उनले बैशाख १० गते हुने उपनिर्वाचनमा रमेश खरेल, स्वर्णिम वाग्ले र आफूलाई जिताएर देखाउन पनि जनतासामू आग्रह गरेका छन् ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img