Friday, January 17, 2025
समाजबाघको आक्रमणबाट दुई जना घाइते

बाघको आक्रमणबाट दुई जना घाइते

मकवानपुर: बाघको आक्रमणबाट हेटौडामा दुई जना घाइते भएका छन् । हेटौडाको चुरियामाई सामुदायिक वनमा बाघको आक्रमणबाट दुई जना घाइते भएका हुन्।

मंगलबार बिहान वनमा बाख्रा चराउन गएका ६५ वर्षीय कृष्ण बहादुर थिङ र १७ वर्षीय सुमन घलान बाघको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बाघको आक्रमणबाट घाइते थिङको घाँटीमा गहिरो चोट लागेको र अवस्था गम्भीर रहेको छ । अर्का घाइते घलानको दाहिने कुम, ढाडको बाँया भाग र छातीमा बाघले टोकेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

दुबैको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img