मकवानपुर: राष्ट्रिय प्रजातान्त्रिक यातायात मजदुर संघ मकवानपुरले बैशाख ११ गते मकवानपुर जिल्ला बन्दको आव्हान गरेको छ। हेटौडा उपमहानगरपालिका लाई पटक-पटक आफ्नो समस्या बारे बुझाउदा समेत बेवास्ता गरेको भन्दै संघले सुरु गरेको चरणबद्ध आन्दोलन अन्तर्गत बैशाख ११ गते मकवानपुर जिल्ला बन्दको आव्हान गरेको हो ।
मंगलबार पत्रकार समेलन गर्दै तिन पाङ्ग्रे मजदुरको लागि आवाज उठाई रहेको संघले मजदुरको विभिन्न समस्या सामाधानको माग गर्दै बैशाख ६ गते देखी बैशाख ११ गते सम्मको चरणबद्ध आन्दोलनको कार्यक्रम नै सार्वजनिक गरेको थियो ।
चरणबद्ध आन्दोलनमा बैशाख ६ गते हेटौडा बजारको मुख्य चोकमा, सवारी साधनमा कालो झण्डा राखेका र बागमती प्रदेश सरकारलाई ध्यानकर्षण पत्र बुझाएका थिए । दोस्रो दिन बैशाख ७ गते विषयगत समस्याको सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरेको थियो । बैशाख ८ गते (आज) मजदुरहरुले ‘स्टिकर प्रणाली तत्काल वितरण गर’, ‘यातायात मजदुर माथि भएको ज्याजति अन्त्य गर’, ‘स्थानीय सरकार हाम्रो मागको सम्बोधन गर’ लेखेका प्ले कार्ड सहित हेटौडा नगर क्षेत्रमा बिरोध प्रदशन गरेका थिए ।
त्यस्तै बैशाख १० गते उपमहानगरपालिकामा शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने र बैशाख ११ गते मकवानपुर जिल्ला बन्द गर्ने घोषणा गरेको छ । पत्रकार समेलन गर्दै मजदुर संघका अध्यक्ष काजीमान तितुङले उक्त कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।
अटो ब्यबसायी ब्याबसाई रत्न प्रसाद चापागाईले ट्राफिकले निषेधित क्षेत्रमा जथाभावी सवारी चलाएको भन्दै एकै दिन दुईवटा समेत जरीवाना काटिने गरेको तर नगरपालिकाले निषेधित क्षेत्र नतोकेको बताउदै ट्राफिक र नगरपालिकाले मिलेर पैसा कमाउने धन्दा चलाएको आरोप लगाए।
त्यस्तै संघका अध्यक्ष तितुङले पटक-पटक उपमहानगरपालिका धाउदा समेत पालिकाले गुनासो नसुनेको बताए । माग पुरा नभएसम्म आन्दोलन नरोकिने बताउदै ट्राफिक जरिवाना, इस्तिकर लगाएत बिभिन्न समस्याले आम मजदुर बाच्न नसक्ने अवस्था आएको उनको भनाई थियो ।