कञ्चनपुर: कञ्चनपुरको पुनर्वासमा नाला तर्ने क्रममा डुबेर एक महिलाको मृत्यु भएको छ ।
पुनर्वास नगरपालिका वडा – १० विकास बस्ती बस्ने २८ वर्षीया तारा बिष्टको बिहीबार बिहान घाँस काट्न भनी नजिकैको लमैया नाला तर्ने क्रममा डुबेर मृत्यु भएको हो ।
नालामा घाँटीसम्म डुब्ने गरी पानी भरिएको बताइएको छ । मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती पुनर्वासले जनाएको छ ।