Wednesday, March 26, 2025
समाजरूखको हाँगा खसेर ४५ वर्षीय अनिल डगौराको मृत्यु

रूखको हाँगा खसेर ४५ वर्षीय अनिल डगौराको मृत्यु

महेन्द्रनगर: रुखको हाँगा खसेर कञ्चनपुरका आज एक जनाको मृत्यु भएको छ ।

सामुदायिक वनमा दाउरा खोज्न हिँडेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का ४५ वर्षीय अनिल डगौराको मृत्यु भएको हो । गाउँलेसित स्थानीय बैजनाथ सामुदायिक वनमा दाउरा खोज्न हिँडेका डगौरालाई रूखको हाँगा खसेर टाउकोमा चोट लागेको थियो । उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पु¥याउँदा उनलाई मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । हाँगा लागेर डगौराको टाउकोमा चोट लागेको थियो । घटनापछि इलाका प्रहरी कार्यालय झलारीका प्रमुख सूर्यबहादुर शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा गएको छ । “अहिले नै मृत्युको कारणबारे भन्न सकिने अवस्था छैन”, प्रवक्ता डाँगीले भने । शव महाकाली अस्पतालमा राखिएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img