इलाम देउमाई नगरपालिकाका पूर्णचन्द्र तामाङले श्रीमती र छोरीको ह’त्या गरेका छन् । देउमाई नगरपालिका–५ का ३४ वर्षका तामाङले ३५ वर्षकी श्रीमती सीता र १५ वर्षीया छोरी दीक्षा तामाङको ह’त्या गरेको आरोप लागेको छ ।
उनले श्रीमती, छोरी र घरपालुवा कुकुरसमेत मा’रेको आरोप छ। गएराति उनले श्रीमती, छोरी र कुकुरको ह’त्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले घट’नास्थलतर्फ प्रहरी गइरहेको बताए। दुई जनाको हत्या भएको जानकारी आएको उनले बताए।
‘प्रहरी घटनास्थल पुगेपछि थप जानकारी आउँछ’, उनले भने । घटनास्थल प्रहरी कार्यालयबाट झन्डै ८ किलोमिटर टाढा पर्छ।



