देशकोशी प्रदेशइटहरीको भाटभटेनीद्वारा ११ लाख सहयोग

इटहरीको भाटभटेनीद्वारा ११ लाख सहयोग

सुनसरी : इटहरीको लविपुरमा रहेको भाटभटेनी द्वारा बाढी पिडित र इटहरी उपमहानगरपालिकालाई ११ लाख सहयोग दिएको छ । बिराटनगरको लागि २५ केजि को जीरा मसिनो चामल ८४० बोरा गरि १४ लाख मुल्य बराबरको सहयोग गरेको छ ।

गत मंगलबार २ गते आएको बाढी पिडित भएकालाई राहत, उद्वार र पुर्नस्थपनाका लागि भन्दै भाटभटेनील् इटहरी सरकारलाई ११ लाख दिएको छ ।

भाटभटेनी सुपरस्टोरका प्रबन्ध निर्देशन मीन कुमार गुरूङका तर्फबाट प्रबन्धद्वय लक्ष्मी गुरूङ र माया रानामगरद्वारइटहरीका मेयर द्वारिकालाल चौधरीलाई ११ लाखको चेक हस्तान्तरण गरेको छ । मेयर चौधरीले चेक हस्तान्तरण गर्दै धन्यवाद ज्ञापन गर्नु भएको छ ।

उक्त रकम इटहरी उपमहानगरपालिकाको प्रकोप कोषमा जम्मा भएको छ । इटहरी लविपुरको भाटभटेनी यहाँसम्म आउनुको कारण नै आमजनता ,उपभोक्ता हुन् । उपभोक्तालाई समस्या परेका बेला सहयोग गर्नु हामी व्यवसायीको कर्तव्य रहेको भाटभटेनी सुपर स्टोरका प्रवन्ध निर्देशक – मीन बहादुर गुरुङ्ले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img