हेटौँडा: सडक डिभिजन हेटौँडाले गत असार १० गते देखी राष्ट्रिय राजमार्गको अतिक्रमण हटाउने चेतावनी दिदै आएको छ । सडक डिभिजनले दिएको म्याद सकिने लाग्दा सम्म डिभिजनको सूचनालाई अटेर गरि बसिरहेका घरधनी र ब्यवसायीहरु अहिले चिन्तित छन् । पहिलेको झैँ अहिले पनि सडक बिस्तार रोकिन्छ भनेर सुचना अटेर गर्ने हरुलाई सडक डिभिजन कार्यालयको दैनिक गतिविधिले झन् चिन्ता थपेको छ ।
समग्रमा हेर्नु पर्दा अहिले हेटौँडा, सडक बिस्तार लाई लिएर दुई भागमा विभाजित भएपनी धेरै जसो सडक बिस्तार कै पक्षमा रहेको पाईएको छ । सोमबार सर्वोच्च अदालतको अल्पकालीन आदेशको अपव्याख्या गर्दै घरधनी र व्यावसायिकहरु सडक बिस्तार रोकिनेमा ढुक्क भए तर सडक डिभिजन कार्यालयले हिजो मात्रै सडकहरुमा अर्को सुचना टास गर्दै मईकीङ गर्यो र त्यसपछी मिडियामा आवश्यकता अनुआर ६० वटा सम्म डोजर सडकमा निकाल्ने प्रतिक्रिया दियो त्यसले सुचना अटेर गर्दै आएका घरधनीहरु र व्यावसायिहरु झस्किएका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णाले कुमार गुप्ताले सडक डिभिजनको पछिल्लो गतिविधिका कारण हेटौंडाका उद्योगी तथा घरधनीहरुको चिन्ता बढेको कुरा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताए । व्यवसायीहरूले यसअघि पनि विभिन्न निकायमा ध्यानाकर्षण गराउने पत्र र ज्ञापनपत्र बुझाएको तर, सम्वन्धित निकाएहरुले त्यसको बेवास्ता गरिदिएकोमा उनले दु:ख ब्यक्त गरे ।
सर्वोच्च अदालतले सडक विस्तार गर्नुअघि सम्पतिको मुल्यांकन र विवरण संकलन गर्न आदेश दिए पनि सडक डिभिजनले सही तथ्यांक संकलनमा लापरवाही गरेको व्यावसायिहरुको आरोप छ । अध्यक्ष गुप्ताले सडक डिभिजन व्यवसायीमा डर र त्रास निम्त्याउने कार्य गरेको आरोप लगाएका छन् ।
साथै, सडक विभागले मानवीय संवेदनालाई वास्ता नगरेको र आफ्नो कार्यमा अन्यायपूर्ण र दमनकारी रणनीति अपनाउन लागेको व्यवसायी समुदायको आरोप छ । उचित क्षतिपूर्ति वा पर्याप्त पुनर्स्थापना नगरी सडक डिभिजनले सडक बिस्तार गर्न नहुने उनीहरु बताउछन ।
फ्ना समस्यालाई सम्बोधन गर्न व्यवसायीले शनिबार दिउँसो १ बजे भीमसेन मन्दिर अगाडि भेला हुने कार्यक्रममा राजनीतिक दल, स्थानीय निकाय, व्यवसायी, घरधनी र सम्बन्धित निकायलाई सहभागी हुन आमन्त्रण गरेका छन् । भेलाको क्षतिको क्षतिपूर्ति, उचित पुनस्र्थापनाको पहल र सडक विस्तार आयोजनाको पारदर्शी व्यवस्थापनको लगाएतका विषयमा छलफल गर्ने उनीहरुको लक्ष्य रहेको छ ।