Thursday, January 23, 2025
मकवानपुरबकैया गाउँपालिकाबगर खेती गर्नेलाई अनुदान दिदै बकैया गाउँपालिका

बगर खेती गर्नेलाई अनुदान दिदै बकैया गाउँपालिका

मकवानपुर/ मकवानपुरको बकैया गाउँपालिकाले बगर खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । पालिकाको आर्थिक वर्ष २०८०÷८१ को स्वीकृत कार्यक्रम अनुसार नदी, खोला किनाराको उकास खेर गईरहेको जग्गामा बगर खेती गर्ने किसानलाई अनुदान गर्ने किसानलाई अनुदान दिने भएको हो ।

पालिकाले प्रति क्लस्टरमा एकलाख ७५ हजार अनुदान रकम उपलब्ध गराउने भएको छ । कृषि व्यवसायमा संलगन भई खेती गर्न इच्छुक कृषक, कृषक समुह, कृषि सहकारी संस्था, फार्म मार्फत एकसाता भित्र दरखास्त आव्हान गरिएको छ । अनुदान वितरण प्रक्रिया प्रदेश तथा स्थानिय तहमा सशर्त वित्तीय हस्तान्तरित कृषि विकास कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८० अनुसार गरिने बकैया गाउँपालिकाले जनाएको छ ।

आयआर्जनमा विकास गर्ने लक्ष्य सहित बगर खेतीलाई प्रोत्साहन गर्न कार्यक्रम ल्याइएता पनि प्रतिवेदनमा भनेअनुसार ठुलो मात्रामा खेती गर्ने किसानको अभाव रहेको बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले बताए बताए ।

उनका अनुसार यसमा १० लाख बजेट विनियोजन भएको र सोही भित्र रहेर बगर खेती गर्ने किसानलाई अनुदान उपलब्ध गराउने उनले बताए .
हिउँदमा खेर गईरहेको बगरको जग्गामा तरबुजा, काँक्रो, लौका र फलफुलका बिरुवा लगाउन सकिने बकैया गाउँपालिका अध्यक्ष लामिछानेले बताए । ‘१२ वटा वडा रहेको बकैयामा अनुमानित १५ प्रतिशत जग्गा नदी उकास रहेको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस

spot_img