काठमाडौं: सामान्य असन्तुष्टि लिएर सडकमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले गोली चलाउँदा एक सातामै तीन जना युवाले ज्यान गुमाउनु पर्यो । ललितपुरको बालकुमारीमा दुई जना र सर्लाहीमा एक युवाको ज्यान गएपछि सरकारको त आलोचना भएकै छ त्यसमाथी प्रहरीको निर्मम रबैयाको पनि सर्वत्र आलोचना भएको छ । ललितपुरको बालकुमारीमा कोरियाको रोजगारीका लागि जाँच दिन पाउनुपर्ने माग राख्दै सडकमा उत्रिएका युवाहरूको समूहमा प्रहरीले बल प्रयोग गर्दा दुई युवाको ज्यान गयो । दैलेखका सुजन राउतको प्रहरीको कुटाइबाट ज्यान गयो भने अछामका विरेन्द्र शाहको प्रहरीको गोली लागेर मृत्यु भयो । ललितपुरमा दुई युवा मारिएको एक साता नवित्दै उता सर्लाहीको बरहथवामा अर्का युवा प्रहरीको गोलीबाटै मारिए । पुरा भिडियोमा:



