धर्म/संस्कृतिकालिका मन्दिरमा फागुनमा करीब ३६ लाख भेटी सङ्कलन

कालिका मन्दिरमा फागुनमा करीब ३६ लाख भेटी सङ्कलन

बागलुङ । नेपालकै प्रसिद्ध धार्मिक शक्तिपीठ कालिका भगवती मन्दिरमा गत फागुन महिनामा करीब ३६ लाख रुपैयाँ भेटी सङ्कलन भएको छ।

कालिका भगवती गुठी व्यवस्थापन समितिका अनुसार फागुनमा रु ३५ लाख ११ हजार ५ सय ३५ भेटी सङ्कलन भएको हो। यसमध्ये नगद, सहयोग रसिद, बिक्री गर्न मिल्ने जिन्सी सामान र वस्तुबापतको रकम समावेश छ।

समितिका कोषाध्यक्ष रामबहादुर खड्काका अनुसार फागुनमा मन्दिरबाट नगद रु १९ लाख ८१ हजार १ सय, चामल बिक्रीबाट रु ५४ हजार ९ सय, बोका बिक्रीबाट रु १ लाख ३० हजार ६ सय र कुखुरा बिक्रीबाट रु ७ हजार २ सय आम्दानी भएको छ। यस्तै राँगा बिक्रीबाट रु २ हजार, भाडाबाट रु ३ लाख १४ हजार ४ सय, विवाहबाट रु १० हजार ५ सय, आर्थिक सहयोगबाट रु ३ लाख ४२ हजार ४ सय ८५, परेवा बिक्रीबाट रु ६ लाख ५५ हजार २ सय ५० र व्रतबन्धबाट रु ९ सय आम्दानी भएको छ।

अर्कातर्फ, फागुनमा मन्दिरको कुल खर्च रु २७ लाख ३६ हजार ८ सय ९० भएको छ। जसमा तलब, विद्युत् महसुल, अतिथि सत्कार, आर्थिक सहयोग, पूर्वाधार विकास तथा निर्माण, पोशाक तथा छपाई, खाद्यान्न तथा आवास, विज्ञापन र सांस्कृतिक कार्यक्रम तथा भजनमा खर्च समावेश छ। यस्तै फागुनमा मन्दिरको कुल बचत रु ७ लाख ७४ हजार ६ सय ४५ रहेको छ।

समितिका अध्यक्ष कुमार खड्काका अनुसार सङ्कलन भएको भेटी मन्दिर परिसरमा पूर्वाधार निर्माणमा खर्च हुने गरेको छ। समितिले हरेक वर्ष चैत्र अष्टमी पर्वको अवसरमा ऐतिहासिक चैते दसैं मेला आयोजना गर्दै आएको छ। यसपटक चैत ३० गतेदेखि वैशाख ६ गतेसम्म मेला सञ्चालन हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img