Friday, July 18, 2025
समाजआज अप्रिल फूल : विश्व मूर्ख दिवस

आज अप्रिल फूल : विश्व मूर्ख दिवस

spot_img

काठमाडौं। आज अप्रिल महिनाको पहिलो दिन अर्थात् अप्रिल १ । संसारभर यस दिनलाई मूर्ख दिवस भनेर मनाइन्छ। यद्यपि कुनै पनि मुलुकले औपचारिक रूपमा भने यो दिवस मनाउँदैन। तैपनि यस दिन मानिसहरू एक-अर्कालाई मूर्ख बनाएर मनोरञ्जन लिने गर्दछन्। अर्थात्, १ अप्रिललाई ख्यालठट्टा गर्ने दिनको रूपमा लिइन्छ।

अप्रिल फूल किन र कहिलेदेखि मनाउन थालियो भन्ने कुनै आधिकारिक तथ्य उपलब्ध छैन। तर मध्यकालमा युरोपका धेरै सहरहरूमा २५ मार्चका दिन नयाँ वर्ष मनाइन्थ्यो, जुन १ अप्रिलमा अन्त्य हुन्थ्यो। सन् १५८२ मा पोप चार्ल्स नवौंले पुरानो क्यालेन्डरको स्थानमा नयाँ रोमन क्यालेन्डर लागू गरेपछि १ जनवरीलाई नयाँ वर्षको पहिलो दिनको रूपमा कायम गरियो। त्यसपछि १ जनवरीलाई नयाँ बर्षका रूपमा मनाउन थालिएपछि अप्रिल १ लाई नयाँ बर्ष मान्नेहरूलाई मूर्खको संज्ञा दिन थालियो।

- Advertisement -

अप्रिल १ मा मूर्ख दिवस मनाउनुको अर्को कारण अंग्रेज साहित्यकार चान्सरको ‘क्यान्टरबरी टेल्स’ सन् १३९२ मा लेखिएको थियो। त्यसमा उनले ‘सिन मार्च बिगन थर्टी डेज एन्ड टु’ उल्लेख गरे, जसको अर्थ मार्च महिनाको ३२ औं दिन अर्थात् अप्रिल २ पछि इंग्ल्यान्डका राजा रिचर्ड द्वितीयको ‘इन्गेजमेन्ट’ बोहेमियाकी एनसँग भएको वर्ष दिन हुन्छ। तर पाठकले ३२ मार्च भन्ने बुझे। खासमा मार्च महिना ३१ दिनको मात्र हुन्छ। त्यसैले मार्चको ३२ औं दिनलाई ‘अप्रिल फूल’ मान्न थालियो भन्ने एक थरीको विश्वास छ।

नेपालमा पनि अप्रिल फूल अर्थात् विश्व मूर्ख दिवस मनाइँदै आएको छ। सामाजिक सञ्जालको प्रभाव बढेपछि यस दिन झूटा तर रमाइला कुरा पोस्ट हुने क्रम बढेको पाइन्छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img