समाजमोरङमा दुई फरक दुर्घटना, २ जनाको मृत्यु

मोरङमा दुई फरक दुर्घटना, २ जनाको मृत्यु

मोरङ | मोरङको केराबारी र पथरीशनिश्चरेमा आइतबार सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । फरक फरक ठाउँमा दुर्घटनामा ६ जना घाइते भएका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार मदन भण्डारी लोक मार्गअन्तर्गत केराबारी गाउँपालिका–५ बगैँचा चोकमा बा ११ च २९२८ नम्बरको पिक अप भ्यानले प्रदेश १–०२–००२ ह ९२४४ नम्बरको अटो ट्याम्पोलाई ठक्कर दिएको थियो । दिउँसो २ः४५ बजेतिर दुर्घटना हुँदा अटो चालक केराबारी–६ का ४५ वर्षीय मेखबहादुर मगरको मृत्यु भएको छ ।

गम्भीर घाइते भएका मगरलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेको हो ।
सोही दुर्घटनामा परेर ५ जना घाइते भएका छन् ।

पिक अप चालक मोरङको बूढीगंगा गाउँपालिका–२ का ३२ वर्षीय शिवकुमार ऋषिदेव, अटोमा सवार केराबारी–६ की ६० वर्षीया हरिमाया मगर, सुनसरीको धरान उपमहानगरपालिका–११ की ३० वर्षीया सीता मगर, सीताकी छोरी १० वर्षीया प्रशुना मगर र छोरा ७ वर्षीय एग्रिल मगर घाइते भएका हुन् ।

घाइतेमध्ये हरिमायाको अवस्था गम्भीर र पिक अप चालकबाहेक अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । पिक अप चालकको अवस्था सामान्य छ । उनलाई सामान्य उपचार पश्चात् प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना परेका दुवै सवारीसाधन क्षतिग्रस्त बनेका छन् ।

त्यस्तै, मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना भएको छ । प्रहरीका अनुसार पथरीबाट लेटाङको जाँतेतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ७२१५ नम्बरको मोटरसाइकल दिउँसो ४ः३० बजेतिर आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

डिएसपी बस्नेतका अनुसार दुर्घटनामा मोटरसाइकल चालक लेटाङ नगरपालिका–८ का २५ वर्षीय दिपेश राईको मृत्यु भएको छ । गम्भीर घाइते भएका दिनेशलाई उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । उपचारका क्रममा साँझ ६ बजेतिर चिकित्सकले मृत घोषित गरेको बस्नेतले बताए ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार दीपेशकी पत्नी २१ वर्षीया ललिता राई ९मगर० घाइते भएकी छन् । गम्भीर अवस्थाकी उनलाई मदन भण्डारी अस्पतालमा सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । दुवै स्थानमा भएका दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको डिएसपी बस्नेतले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img