हेटौँडा । राइट पाथ करियर काउन्सिलिङले आगामी जेठ ३ गते हेटौँडामा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ २०२४’ आयोजना गर्दैछ। कार्यक्रममा अमेरिका, बेलायत, अष्ट्रेलिया र क्यानडाका २० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरू सहभागी हुनेछन्।
नेपाली विद्यार्थीहरूले उक्त कार्यक्रममा विदेशका शिक्षण संस्थाका प्रतिनिधिसँग प्रत्यक्ष अन्तरक्रिया गर्न पाउनेछन्। यसबाट उनीहरूले आफूलाई चासो रहेको विश्वविद्यालय र कोर्सबारे थप जानकारी लिन सक्नेछन्।
राइट पाथ हेटौँडा प्रमुख मनिष अधिकारीका अनुसार कार्यक्रममा सहभागी विद्यार्थीलाई आकर्षक गिफ्ट ह्याम्पर, विदेश अध्ययन आवेदन शुल्कमा शतप्रतिशत छुट र निःशुल्क मुभी टिकेटको व्यवस्था गरिएको छ।
कार्यक्रममा अमेरिका लक्षित २५ हजार डलरसम्मको छात्रवृत्ति तथा आइएलटीएस परीक्षा २ हजार ८१ रुपयाँमा लिन पाउने सुविधासमेत उपलब्ध हुनेछ। विहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्ने कार्यक्रममा विदेशी विश्वविद्यालयहरूबाट कोर्स, शुल्क र छात्रवृत्तिबारे थप जानकारी प्राप्त गर्न सकिनेछ।