Saturday, May 17, 2025
समाजहेटौँडामा फ्री मुभी टिकट, तर कसरी ? पढ्नुहोस्..
spot_img

हेटौँडामा फ्री मुभी टिकट, तर कसरी ? पढ्नुहोस्..

spot_img

हेटौँडा । राइट पाथ करियर काउन्सिलिङले आगामी जेठ ३ गते हेटौँडामा आयोजना गर्न लागेको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ २०२४’ मा सहभागी हुने विद्यार्थीहरूले निःशुल्क मुभी टिकेट पाउने भएका छन्।

कार्यक्रममा अमेरिका, बेलायत, अष्ट्रेलिया र क्यानडाका २० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरू सहभागी हुनेछन्। नेपाली विद्यार्थीहरूले उक्त कार्यक्रममा विदेशका शिक्षण संस्थाका प्रतिनिधिसँग प्रत्यक्ष अन्तरक्रिया गर्न पाउनेछन्।

right path ad

राइट पाथ हेटौँडा प्रमुख मनिष अधिकारीका अनुसार कार्यक्रममा सहभागी विद्यार्थीलाई निःशुल्क मुभी टिकेटको साथै आकर्षक गिफ्ट ह्याम्पर र विदेश अध्ययन आवेदन शुल्कमा शतप्रतिशत छुटको समेत व्यवस्था गरिएको छ।

कार्यक्रममा अमेरिका लक्षित २५ हजार डलरसम्मको छात्रवृत्ति पनि उपलब्ध हुनेछ भने आइएलटीएस परीक्षा २ हजार ८१ रुपैयाँमा लिन पाइनेछ। विदेशी विश्वविद्यालयहरूबाट कोर्स, शुल्क र छात्रवृत्तिबारे जानकारी लिन चाहनेहरूका लागि यो कार्यक्रम महत्वपूर्ण हुनेछ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img