समाजसाँगुरीगढीमा टिपरको ठक्करबाट धरानका एक बालकको मृत्यु

साँगुरीगढीमा टिपरको ठक्करबाट धरानका एक बालकको मृत्यु

धनकुटा | धनकुटाको साँगुरीगढी गाँउपालिका ६ स्थितमा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

मंगलबार (आज) बिहान साढे ९ बजे प्र १-०२-००१ ख ८९३४ नम्बरको टिपरले धरान १७ घर भइ हाल सोही ठाउँमा बस्दै आएका १० वर्षीय शिसाङ विश्वकर्मालाई ठक्कर दिदाँ उनको घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा संलग्न ठक्कर दिने टिपर र चालक ४२ वर्षीय सरोज सुब्बालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img